२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पार्टी फुट्छ भन्ने हल्ला निराधारः भीम रावल



अत्तरिया ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए।
धनगढीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए।
उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिकरबेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए।
नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे।एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने उनले बताए। राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने उनले बताए। केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ। रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ५ : ५९ बजे