६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्यूठानको लामाचौरमा एनआईसी एसिया शाखा



काठमाडौं ।
एनआईसी एसिया बैंकले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ९, लामाचौरमा आफ्नो ५५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्ति गरेको छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा लामाचौरमा पनि शाखारहित बैंकिङ्ग सेवा पु¥याएको बैंकले जनाएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ३५ बजे