५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ घट्यो



काठमाण्डौ ।
सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने मङ्गलबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  २ : २० बजे