९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सार्क राष्ट्रले कोरोनाविरुद्ध सामूहिक रणनीति बनाऊँः प्रधानमन्त्री ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वव्यापी बनेको कोरोना भाइरस (कोभिड१९) विरुद्ध लड्न क्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले बुद्धिमतापूर्ण प्रयास गर्नुपर्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार भएको सार्क राष्ट्रका प्रमुखबीचको भिडियो संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। म प्रधानमन्त्री मोदीलाई यो महत्वपूर्ण पहल समयमै गरेकोमा धन्यवाद दिन चाहन्छुु, उनले भने, हाम्रो बुद्धिमत्तापूर्ण सामूहिक प्रयासले कोरोनाविरुद्ध लड्न ठोस र बलियो रणनीति बनाउन यस संवादले मद्दत गर्छ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न नेपाल तयार रहेको बताउँदै अब सार्क राष्ट्रबीच कोरोनालाई लिएर ठोस पहल हुनुपर्नेमा जोड दिए। सार्कक्षेत्रको लागि एक ठोस र बलियो रणनीति बनाउन यसले मद्दत गर्दछु, उनले भने, अब ढिलो नगरी सामूहिकरुपमा पहल थाल्नुपर्छ। प्रधानमन्त्री ओलीले कोरोना भित्रिन नदिन भारत तथा चीनसँग जोडिएको सीमाक्षेत्रमा कडा निगरानी गरिएको बताए। हामीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको कडा निगरानी गरेका छौुं, उनले भने, विश्‍वव्यापी समस्या बनेको कोरोना दक्षिण एसियाका लागि पनि चुनौती भएको छ। अब हामी सबैले एकजुट हुनुको विकल्प छैन।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ६ : ४६ बजे