९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बालुवाटारमा ओली र प्रचण्ड बीच भेटवार्ता



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भइरहेको छ।
ओलीलाई भेट्न प्रचण्ड मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि उनीहरूबीच गत शनिबार भेटघाट भएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली गत शुक्रबार डिस्चार्ज्ड भएका थिए।
शनिबारको भेटमा प्रचण्डले ‌ओलीको शल्यक्रिया सफल भएको खुसी व्यक्त गरेका थिए।
पछिल्लो समय पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने भन्नेबारे ओली(प्रचण्डबीच तीव्र विवाद देखिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ५ : २७ बजे