५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

१० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक



काठमाडौं ।
सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताएका हुन्। चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन्। कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ६ : २५ बजे