५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कोरोनाको अफवाह फैल्याउने विवेक थापा पक्राउ



काठमाडौँ ।
कोरोना भाइरसको संक्रमणबारे अफवाहपूर्ण अडियो भाइरल बनाउने विवेक थापा मगर झोर्ले न्युज डट कमका सम्पादक रहेको प्रहरीले जानकारी दिएको छ।

उनले काठमाडौँमा कोरोना भाइरस फैलिएको अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले २१ वर्षीय मगरलाई शनिबार पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले अफवाह फैलाउने मगरलाई पक्राउ गरिएको देशसञ्चारलाई जानकारी दिए।

रामेछाप घर भई भक्तपुरको सिपाडोलमा बस्ने मगरले काठमाडौँमा केहीलाई कोरोनाको संक्रमण फैलिसकेको अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। उनको वेबसाइट सूचना विभाग वा अन्य कहिँ दर्ता भने भएको छैन।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : १९ बजे