८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोनाबारे समुदायलाई सचेत गराउँंदै राष्ट्रिय जनमोर्चा संगठन विस्तारमा



नवराज पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको जिल्लाको विभिन्न भागमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान जारी रहेको छ । यही फागुन महिनाबाट सुरु भएको संगठनात्मक अभियानले हालसम्म जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिका वडा तथा टोलमा समिति गठन गरेको राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जनाएको छ ।
यसैबीच शनिबार शिवराज नगरपालिका वडा नम्वर ३ भितरियामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । कृष्ण कुमारी भण्डारीकोे अध्यक्षतामा सम्पन्न भेलाले ११ समिति सदस्यिय राष्ट्रिय जनमोर्चा भितरिया गाउँ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा लिल बहादुर कुँवर, सचिव रेशम बहादुर भण्डारी, कोषाध्यक्ष सुमित्रा थारु, सदस्यहरु क्रमश अतिमला रोका मगर,चमेली थारु, पुजारी थारु, कल्पना पुन र गोपाल थारु चयन हुनुभएको छ भने विष्णुदत्त पौडेल र दुर्गा बहादुर खत्री, सल्लाहकारमा रहनु भएको छ ।
भेलालाई सम्वोधन गर्दै रा.ज.मो जिल्ला परिचालन समिति सदस्य एवंम अन्टुकका केन्द्रिय सदस्य केयर सिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति, देशको राजनैतिक अवस्था तथा हाल विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा सर्तकता अपनाउन सचेत गराउनु भएको थियो ।
अदैले कोरोनाबाट बच्न विशेष गरी बालबालिका र वृद्ध वृद्धाको सरसफाईमा विशेष ध्यान पुराउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नु भएको थियो । नव गठित समितिलाई रा.ज.मो नगर सल्लाहकार छन्द बहादुर के.सी, शिवराज ३ का अध्यक्ष रामदेव कुर्मी, लगायत नेताले शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : ४२ बजे