११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

नेपालमा सहकारी स्थापनाको ६३ वर्ष पूरा, मन्त्री अर्यालद्धारा शुभकामना



काठमाडौँ ।
नेपालमा सहकारी संस्था स्थापना भएको ६३ वर्ष पूरा भएको छ । पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो ।
सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । सोही दिनको सम्झनामा दिवस मनाउने गरिएको भए पनि यो वर्ष दिवसका अवसरमा कुनै कार्यक्रम हुँदै छैनन् ।
देशभर अहिले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप लकडाउन लागु छ । तर पनि सहकारी मन्त्री पद्मा अर्यालले दिवसका अवसरमा सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा सम्लग्न सरोकारवालाहरु तथा यस क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।
कोरोना भाइरसको सन्त्रासले निम्त्याएको विपदको यस घडीमा राष्ट्रव्यापी संजाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको संप्रेषण र सहजिकरण गर्न पर्नेमा उनले जोड दिएकी छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  १० : १८ बजे