१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुको राजपुरमा नयाँ प्रविधिबाट काँक्रा खेती



मायादेवी अनलाइन, वाणगंगा ।
देशमा लकडाउन भइरहेका बेला कपिलवस्तुका किसानले काँक्रा उत्पादन गरेर राम्रो आम्दानी गरेका छन् । न्यू झरना तरकारी तथा च्याउ फर्मले १ विगाहा जग्गा भाडामा लिएर गरेका काँक्रा खेतीबाट राम्रो आम्दानी भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित राजपुरमा उक्त फर्मले नयाँ प्रविधिबाट काँक्रा खेती गरेको हो । लकडाउनका कारण आफनो उत्पादन बजारमा विक्री नहुने होकि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
१५ कट्ठामा लगाएको काँक्रा खेतीबाट दैनिक ५ देखि ७ क्वीन्टल सम्म काक्रा उत्पादन भएको फर्मका संचालक नारायण बन्जाडे बताउनुभयो । उहाँले यतिवेला दैनिक २० हजार सम्मको आम्दानी गर्नुभएको छ ।
काँक्रा खेतीमा जिल्लामै नयाँ प्रविधि धागोको प्रयोग गरेर राम्रो उत्पादन गर्न सफल भएको संचालक बन्जाडेले बताउनुभएको छ । उहाँले आफनो फर्मबाट प्रत्यक्ष रुपमा ९ जनालाई रोजगारी समेत दिएको बताउनुभयो ।
उहाँले सरकारी कृषि अनुदान वास्तविक किसानलाई पहुुँचवाला व्यक्तिले पाउने गरेको गुनासो गर्नुभयो । उहाँले हामीजस्ता व्यवसायिक कृषि खेती गरेका किसानलाई सहुलिएत दिएर सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले काँक्रा खेतीमा चाहिने मलचीङ प्लाष्टिक जस्ता अनुदान नवुझने किसानलाई दिएको बताउनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ७ : ०४ बजे