७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सड्कमा भोक भोकै हिड्नेलाई तरुण दलले खाना खुवायो



मायादेवी अनलाइन, चारनम्बर ।
गुल्मीबाट दाङ्गका लागि हिड्दै गरेका मजदुरहरुलाई बुधबार ४ नं. मा निशुल्क खाना खुवाईएको छ ।
लकडाउनका कारण निर्माणको काम रोकिए पछि सोमबार गुल्मीबाट दाङ घर हिडेका २० जना मजदुरलाई तरुण दल, नेपाल विधार्थी संघको पहलमा ४ नं. का स्थानीय नेत्र पौडेलले खाना खुवाएका हुन् ।
४ नं. स्थित प्रतिक्षालयमा विश्राम गरिरहेका युवा युवती केटा केटी लाई देखेपछि तरुण दल कपिवलस्तुका युवाहरुले सोधपुछका क्रममा आफुहरु २ दिन अगाडी गुल्मीबाट रातदिन हिडेर यहाँ आएको बताएका थिए ।
करिव १२ बजेको समयमा आएका उनीहरुलाई स्थानीयले खाना खुवाएर पठाएका हुन् । उनीहरुलाई खाध्यान्न लिएर दाङ जादै गरेको ट्रकमा व्यवस्थापन गरी घर पु¥याउने तयारी भैरहेको विधाथी संघका नेता दिनेश क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ६ : ४० बजे