१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिवराजद्वारा राहत वितरण जारी, तेस्रो दिनसम्म १३ सय परिवारलाई वितरण



मायादेवी अनलाइन, कपिलवस्तु ।
शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ ।
राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत वितरण गरिएको बताइन् । उपप्रमुख थारुका अनुसार तेस्रो दिन वडा नं. १ का २सय, वडा नं. २ का १सय र वडा नं. ५ का २सय ४८ विपन्न परिवारलाई राहत प्रदान गरिएको छ । यसअघि वडा नं. ३ मा २सय, वडा नं. ४ मा १सय ५०, वडा नं. ६ मा १सय २५, वडा नं. ९ मा १सय १५ र वडा नं. ११ मा १सय ५० परिवारलाई राहत वितरण गरिसकिएको उपप्रमुख थारुले बताइन् ।
राहत वितरणको पहिलो चरणमा चौथो दिन बिहीबार वडा नं. ७ मा १सय, वडा नं. ८ मा १सय र वडा नं. १० मा १सय गरी कूल ३सय विपन्न असहायलाई राहत वितरण गरिने उपप्रमुख थारुले बताइन् । नगरपालिकाले पहिलो चरणमा प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र एउटा साबुन वितरण गरेको जनाइएको छ ।
शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले एकद्वार प्रणालीबाट राहत वितरणको मापदण्ड बनाएको जानकारी दिए । नगरप्रमुख अधिकारीले सहयोगी दाताहरुलाई आर्थिक रकम शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोष तथा जिन्सी सामान शिवराज नगरपालिकालाई हस्तान्तरण गर्न अनुरोध गरेका छन् । शिवराज नगरको मापदण्ड अनुसार पहिलो चरणमा १६सय विपन्न घर परिवारलाई राहत वितरणको काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ८ : १२ बजे