१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वास्थ्य संस्थामा पिपिई पुगेपछि उपचारमा सहजता – साँसद पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन कपिलवस्तुका स्वास्थ्य संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री पु¥याइएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिदै गएपछि उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), सेनिटाईजर, माक्स लगाएतका स्वास्थ्य सामग्री अभाव भएको हो । तर प्रदेश साँसद विष्णु पन्थीले लकडाउनको शुरुवात देखि नै जिल्लामा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव टार्दै आउनुभएको छ ।

साँसद पन्थीले सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी उपचारमा खटिरहेकाले उनीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । उहाँले पटक पटक विभिन्न्न निकायसंग समन्वय गरेर कोरोना भाइरस संक्रमणको विरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संचार माध्यम तथा संघसंस्थालाई निशुल्क उक्त सामग्री वितरण गर्दै आउनुभएको छ ।
बुधबार मात्र कलिपवस्तुको वाणगंगा, शिवराज, महाराजगंज नगरपालिका, मायादेवी र विजयनगर गाउँपालिकाका सरकारी तथा नीजि अस्पताललाई पिपिई लगाएतका अत्यावश्यक सामग्री साँसद पन्थीले प्रदान गर्नुभएको छ ।

उहाँले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराइएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग पुग्ने बताउनुभयो । आपतकालिन अवस्थामा स्वास्थ्यकर्मीले आफनो जिम्मेवारी पुरा गर्दै स्वास्थ्य उपचारमा खटिएर कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सवै प्रयत्न गरिनुपर्ने बताउनुभयो ।


उहाँले कोरोना विरुद्धको अभियानमा सवैक्षेत्रले आआफनो जिम्मेवारी निर्वाह गर्दै लकडाउनलाई पूर्ण पालना र सामाजिक दुरी कायम गर्न पनि सचेत गराउनुभएको छ । शाईन रेसुङ्गा डेभलपमेण्ट वैंक चारनम्बर शाखा प्रमुख अनुराग पाण्डेले कोरोनाको महामारीमा यसको रोकथाम र नियन्त्रणमा सरकारलाई सहयोग गर्नु दायित्व भएको समेत बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ९ : १६ बजे