१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तिनाउ मिसन बैंकद्धारा स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री वितरण



मायादेवी अनलाइन, जितपुर ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट जोगिन तिनाउ मिसन डेभलपमेन्ट बैंक वाणगंगा २ पिपराले विभिन्न स्वास्थ्यसंस्था तथा अस्पताललाई सुरक्षा सामाग्री वितरण गरेको छ । कोरोनाको रोकथामका लागि मुलुक अहिले लकडाउनमा छ यस्तो अवस्थामा चिकित्सककहरु जनताको स्वास्थ्यमा खटिनुपर्ने भन्दै उनिहरुको सुरक्षाको लागि सुरक्षा सामाग्री प्रदान गरिएको हो ।
बैंकले विभिन्न वडा मार्फत अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई खाद्यान्न लगाएतका सामाग्री प्रदान गरेको हो । बैकको सहयोगमा प्रदेशसांसद विष्णु पन्थीले ६ वटा स्वास्थ्यचौकी र पिपरा अस्पताललाई पिपिई, सेनेटाइजर, ग्लप्स लगाएतका सामाग्री प्रदान गर्नुभएको हो । सांसद पन्थीले विपतको यस समयमा तिनाउ बैकंले गरेको यस काम स्रहानिय बताउनुभयो । उहाले ढुक्क संग विरामीको उपचारगर्नपनि स्वास्थ्कर्मीलाई आग्रह गर्नुभएको छ । बैकले कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं २ को पिपरा अस्पताल, वडा नं ११ को पटना, वडा नं ५ कोपवा, वडा नं ८ मोतिपुर , वडा नं ११ हथौसा तथा मायादेवी गाउपालिका ३ फुलिका स्वास्थ चौकीको लागि सम्बन्धित वडा अध्यक्षहरु लाई सुरक्षा सामाग्री प्रदान गरेको बैंकका पिपरा शाखा प्रबन्धक भिमलाल भट्राइले जानकारी दिनुभयो । यसैगरी नगरपालिकालाई ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको पनि भट्राइले बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  १० : २० बजे