१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धार्थद्धारा पिपिई सेट सहित क्वारेन्टाइन बेड सहयोग



मायादेवी अनलाइन, जितपुर ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणको अभियानमा वाणगंगा नगरपालिकामा स्थानीय संघ संस्थाले सहयोग गर्ने क्रम जारी छ । सोही अनुरुप स्थानीय सिद्धार्थ सामाजिक विकास केन्द्रले वाणगंगा नगरपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन नगरपालिकाको स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पिपिई १२ सेट र २ सय थान केएन ९५ माक्स प्रदान गरिएको हो ।
कपिलवस्तुमा २५ वर्षदेखि सामाजिक रुपान्तरणको क्षेत्रमा कृयाशिल उक्त संस्थाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी विरुद्धको अभियानमा स्थानीय सरकारलाई सहयोग गरेको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिनुभयो । संस्थाले नगरपालिका भित्र निर्माण भएका क्वारेन्टाइन वेडहरु मध्ये २५ वटा बेड निर्माणमा आर्थिक सहयोग गरेको जनाएको छ । अध्यक्ष आचार्यका अनुसार नगरपालिकालाई १ लाख ५२ हजार बराबरको स्वास्थ्य सामग्री र ९० हजार बराबरको क्वारेन्टाइन वेड निर्माणमा सहयोग गरेको छ ।
वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले पिपिई सेट र माक्स ग्रहण गर्दै स्वास्थ्य संस्थाका लागि चाहिने सामग्री गुणस्तरीय भएको भन्दै अव अभाव नहुने जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणको रोकथाममा संस्थाले पु¥याएको सहयोगको प्रंशसा गर्दै अव जिन्सि भन्दा पनि नगद सहयोगले राहत वितरणमा टेवा पुग्ने बताउनुभयो ।
यसैबीच संस्थाले गत साता मायादेवी र शुद्धोधन गाउँपालिका अन्तरगत ३ वटा वडाका १ सय ६० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरेको थियो भने विजयनगर गुगौलीका २५ आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ५ : २८ बजे