५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुको गजेहडामा दुई पुरुषमाथि लाग्यो चार नाबालिका बलात्कार गरेको आरोप



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा दुई पुरुषमाथि चार नाबालिका बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडामा चार नाबालिका माथि दुई पुरुषले बलात्कार गरेको आरोप लागेको हो ।

बलात्कार गरेको आरोप लागेका एक युवक अन्दाजी १७÷१८ बर्षीय हुन भने एक जना ३१÷३२ बर्षीय रहेका छन् । यी दुवै स्थानीय बासिन्दा हुन् ।

बलात्कार गरेको आरोप लगाउने एक नाबालिकाकी आमाले आफ्नो छोरीसहित चार नाबालिकालाई यी दुई पुरुषले बलात्कार गरेको मायादेवी अनलाइनलाई बताइन् । घटना तीन दिन अगाडी सार्वजनिक भएपनि आफुहरुले यो बीचमा नाबालिकासंग राम्रोसंग बुज्दा नाबालिकाहरुले बलात्कार गरेको बताएपछि न्याय खोज्दै आज प्रहरी सामु आएको बताइन ।

उनका अनुसार अन्दाजी १७÷१८ बर्षीय किशोरले चार ओटै किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । यी चार जना नाबालिकाहरुले आफुहरु यो किशोरबाट बलात्कृत भएको बताएको पीडितले आमाले बताइन् ।
बलात्कारको आरोप लागेका अर्को अन्दाजी ३१÷३२ बर्षीय पुरुषले भने दुई किशोरीलाई बलात्कार गरेको गम्भिर आरोप लागेको छ । दुई नाबालिकालाई भने प्रयास गरेपनि बलात्कार गर्न नसकेको पीडितका अभिभावक बताउँछन ।

घरमा यो कुरा भन्न डराए पछि किशोरीहरुले एकले अर्को बीच यो कुरा भने पछि अभिभावकसम्म कुरा आइपुगेको हो । दशै, तिहारको समयमा आफुहरु बलात्कारमा परेको र एक नाबालिकालाई हालै ३१÷३२ बर्षका आरोपित पुरुषले बलात्कार प्रयास गरेपछि कुरा सतहमा आएको बताइएको छ ।

चार नाबालिकाले बलात्कारको गम्भिर कुरा बाहिर ल्याएपछि अभिभावकहरु ती पुरुषको घरमा यथार्थ कुरा के हो आज बुज्न गएका थिए । तर, आरोपितले आफुलाई फसाउने षडयन्त्र भएको बताउँदै परिवारै पीडितका परिवार सामु खनिएपछि गजेहडाको अस्थायी प्रहरी पोष्टसम्म पीडितहरु आएका थिए ।

प्रहरीले यी दुई आरोपितलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयले घटनाको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

यता पीडक पक्षले भने आफुहरुमाथि फसाउने गरी गम्भिर आरोप लगाइएको दाबी गरेका छन् । अहिले पीडित पक्षले प्रहरी सामु पीडकलाई कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरेका छन् । बलात्कारको आरोप लागेका एक बयस्क पुरुष उद्योगी समेत हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  १ : ०६ बजे