२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बिर्सने रोगः कारणहरु, लक्षणहरु र डिमेन्सिआका भ्रमहरू



डा.कृष्ण प्रसाद पाठक ।

महँगो रोग
Dementia भन्ने शब्द Latin भाषाबाट आएको हो । Latin भाषामा यसलाई “De” डे को अर्थ “अलग” Mentia अर्थ हो, “मन ” को रुपमा बुझिन्छ ।

(De Meaning “Apart” and Means From The Genitive Mentis Meaning, Mind) भनिन्छ । यसलाई विर्सिने रोगले पनि चिनिन्छ । देमेन्सिआ रोग खास गरी बुदेस कालमा लग्ने रोग हो तैपनी यो रोग कुनै पनि उमेरमा देखा पर्न सक्छ । यसले कुनै पेसा, लिङ्ग तथा उमेर भन्दैन । जो सुकैलाई पनि हुन सक्छ । जसले अली बढी दिमागलाई असार पुग्ने काम गर्छ । जस्तो कि फुटबल खेलाडीहरु, मुक्के बाजी, जोखिमपूर्थ खेल र रेस्लिङ गर्नेहरुमा पनि देखा पर्न सक्छ ।

यो रोगको अहिलेसम्म निदान हुन सकेको छैन । नयाँ रिर्पोट अनुसार अल्जाइमर्स Dementias को बौदिक लागत $600 अर्व भन्दा बढी पर्न आउँछ । विरामीहरुको हेरविचारको लागत सामाजिक र स्वास्थ्य सेवा प्रणालीमा एक विशाल आर्थिक बोझ लिएर आउँछ । त्यसैले यस रोगलाई महँगो रोग मानिन्छ र सामाजिक समस्या ग्रस्तको रुपमा हेरिन्छ ।

हुन त यो विसर्ने रोग मानिसको जन्मसँग आउने प्रकृया हो । ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने १३०-२१० AD मा हेलिनिक लेखकहरु (Galen (130- 201) And Aretheus) ले यसलाई प्रयोग गरेको पाईन्छ त्यस्तै Dementia शब्दको प्रयोग मान्छेको मनसिक प्रभाब हो र यसको सम्बन्ध मुटु फोक्सो र त्यससँग आउने समस्याहरु हुन भन्ने कुरालाई मानेका थिए त्यसै गरी ग्रीक Hippocrates आफ्नो किताबमा Dementia शब्दको प्रयोग गरेका थिए । पछिल्लो समयमा आएर प्रसिद्ध नोवेल “Guliver Travel” (1726) मा पनि उसको जीवन यात्रामा जीवनको अन्तिम समयमा आएर उसको स्मरण गर्ने क्षमता नै गुमेको, उसले जीवनको अन्तिम समय तिर आएर आफुलाई नै बिसर्ने कुराहरु पनि प्रयोग गरेको भनिन्छ ।

जर्मन चिकित्सक Alois अल्जाइमरले १९०७ मा आफ्नो बिरामीको Post-Martam गरे पछि Alzheimer को Investigation निकै द्रुत गतीको दिशा लिएको छ । 1906-1960: पहिलो खोज, 1970-1979: आधुनिक अनुसन्धान, 1980-1989: सचेतना, 1990-1999: उपचार उत्पन्न, 2000-2009: प्रगति र आशा, 2010-2019: एक राष्ट्रिय एजेण्डा स्थापना, यसले एक सताब्दीको समय पार गरे पनि बिगत ३० बर्षबाट बल्ल यसको बारेमा ब्यापक अध्ययन अनुसन्धान हुन थालेको छ । यो हालमा बिकासोन्मुख देशहरुमा राम्रो अनुसन्धान हुन सकेको छैन् । अनुसन्धान भएका मुलुकहरुमा यूरोपियन मुलुक र अमेरिकन मुलुकहरुमा निकै नै समस्या ग्रस्त रोगको रुपमा लिइन्छ ।

अहिलेको अनुमान अनुसार विश्वमा 24.3 Million मानिसहरु dementia बाट प्रभाबित छन् । 4.6 Million नयाँ Cases of Dementia (एक नयाँ Case हरेक 7 सेकेन्डमा) हरेक २० बर्षमा दोब्बर हुन्छ र २०४० सम्म 81.1 Million मानिसहरु यसबाट प्रभाबित हुने अनुमान छ भने यो रेसियो बिकासओन्मुख देशहरु (60% in 2001, rising to 71% by 2040) हुनेछ । यो एउटा एक कुनै प्रमुख कारणले हुन्छ भनेर भन्न सकिदैन् । नेपालमा नत कुनै हस्पिटलमा यसको निदान गर्ने भनेर बिशेष बिभाग नै बेबस्ता गरिएको छ । नत बजारमा यसको कुनै औषधी नै पाउने सुनिश्चितता सजिलो देखिन्छ । Dementia रोग एउटा माहमारी रोगको रुपमा संसारका सबै मुलुकमा फै लिएको छ ।

Dementia रोग खास गरी बुदेसकाल (६५ बर्ष भन्दा माझ) मा लाग्ने रोग हो तैपनी यो रोग कुनै झिन उमेरमा देखा पर्न सक्छ । यो रोगको अहिलेसम्म निदान हुन सकेको छैन् । बिगत ३० बर्षबाट बल्ल यसको बारेमा अध्ययन अनुसन्धान हुन थालेको छ । यो हालमा बिकाससोन्मुख देशहरुमा बैज्ञानिक अनुसन्धान हुन सकेको छैन् । यसको एउटा कुनै प्रमुख करले हुन्छ भनेर भन्न सक्कदैन । त्यसैले यसलाई Collective Sign And Symptoms Of Disease पनि भनिन्छ । नेपालमा भने यसको कुनै पनि अनुसन्धान छैन् । हालसम्म सरकारी तबरबाट यसको लागि कुनै पहल नै हुन सकेको छैनर कुनै बिशेष ध्यान नै दिन सकेको छैन् ।

डिमेन्सियाका भ्रमहरुः

(Myths of dementia)


कारणहरुः

देमेन्सिआ हुनुमा एउटै त्यस्तो कारण भन्न् सकिदैंन तर यिनीहरु निम्न छन् । उमेर, चिन्ता, जीबनशैली, धेरै तनाबमा रहने, अल्कोहल बढी पिउने, औषधीको प्रभाव, हाइ परतेन्सज, कोलेस्त्रोलको मात्रा बढी हुनु, Brain Tumor, मधुमेह, विभिन्न रोग र संक्रमण, स्ट्रोक, टाउकोमा चोट, Cerebral Cortex And Cortical Tissue Damage, र पोषणको कमी, Accident (दुर्घटना), उक्तचाप जस्ता बाहेक अरु धेरै थुप्रै कारणहरु पनि छन् । पछिल्लोपल्ट आएको अध्ययनले (युनिभर्सिटि अफ इस्टन) फिनल्याण्डका वैज्ञानिकहरु भन्छन, अरुलाई तीब्र अविश्वास शंका गर्ने र अरुको उद्देश्य सँधै स्वार्थी नै हुन्छ भनेर सोच्नेलाई विर्सर्ने रोग डिमेन्सिया हुने खतरा बढि हुने एउटा अध्ययनले देखाएको छ । नेपाली सन्दर्भ Phsychiatric डाक्टरले नै यस रोगको निदान गर्दै आएको छ तर यो रोग केबल Phsychiatric डाक्टरले मात्रै निदान गर्न सक्दैन, यस रोगलाई Neurologist, Geriatricts, Physicians को साझा समुहले हुनु पर्दछ ।

बर्तमानमा यसलाई कुनै बिशेष रोग नमाने पनि यो रोग राष्ट्रिय रुपमा फैलिसकेको छ जुन महँगो र निकै परिवारको लागि झँझट सावित हुन थालेको छ । किनभने यसको निदानको लागि नै १–५ बर्ष लाग्ने गर्दछ । कती Symptoms हरु त यसका अरु रोगसँग मिलेने हुन्छ त्यसैले पनि यो रोगलाई सजिलै र छोटो समयमा निदान गर्न सक्कदैन् । हालसम्म नेपालमा यसको बैज्ञानिक अनुसन्धानले यती नै भनेर Data आउन सकेको छैन तरपनि करीब १५०००० मान्छेहरु यस रोगबाट पीडित भएको अनुमान गरिन्छ ।

के हुन त यसका लक्षण ?
Dementia लाई चिन्ह सकिने केही खास लक्षणहरु यस प्रकार छन् । मन या व्यवहारमा परिवर्तन, व्यक्तित्वमा परिवर्तन हुने, परिचित कार्यहरूमा कठिनाई, समय र ठाउँमा Disorientation, स्मरण गर्नुपर्ने गुम्ने, कुरा Misplacing हुने, सोचाई समस्या, भाषासंग समस्या, बिरामीले सामन्ने कुराहरु पनि बिसर्दै जान्छः जस्तोकी शौचालय, घरको चाबि, फोन नम्बर, आफ्नो नाम, दिन र रात पहिचान गर्न नसक्ने, आफ्नो घरको ठेगाना बिसर्ने, खाना खाएको नखाएको बिसर्ने, कहिले काही बढी खुशी हुने, कहिलेकाही बढी चिन्तित हुने, विनासुर यताउता घुमी हिंड्ने जस्ता देखिन्छ । नजिकको मान्छेलाई पनि चिन्न सक्दैन, दैनिक गर्ने कामलाई व्यवस्थित बनाउन सक्दैन, कुनै कुरामा के केन्द्रिकृत भएर लाग्न सक्दैन, राम्रोसँग बोलीलाई मिलाएर बोल्न सक्दैन, साना–साना कुराहरु पनि पटक पटक सोधिरहन्छ ।

Types of Dementia (प्रकारहरु)
सामान्तया देमेन्सिआका प्रकारहरु एस प्रकार छन । जुन बढी भन्दा बढी मानिसहरुमा देखिन्छ भने अरु केही प्रकारहरु पनि जुन अती धेरै मात्रमा हुने गर्दछ । जुन तल उल्लेख गरिएको छ ।

Alzheimers dementia (अल्जाइमर देमेन्सिआ), Vascular Dementia (भास्कुलर देमेन्तिआ), Lewbody Dementia (लेवी बोदी देमेन्सिआ), Parkinson Dementia (पार्कइन्सोन्स देमेन्सिआ), Mixed Dementia (मिश्रित देमेन्सिआ), Fronto-Temporal Dementia (फ्रन्तोतेम्पोरल देमेन्सिआ) Rarer And Unusual Types Of Dementia (कमै मात्र भेटइने देमेन्सिआ प्रकारहरु)

देमेन्सिआ रोग लग्दा दिमाग कस्तो देखिन्छ त ?
देमेन्सिआ रोग लाग्दा दिमागमा आउने केही परिवर्तनहरुलाई तलको तस्बिरमा देखाएको छ । जब दिमागलाई देमेन्सिआले आक्रमण गर्छ बेला त्यो दिमागमा परालको गुजुल्तो जस्तो देखिन्छ भने त्यस्ता गुजुल्ताहरु सबै ब्रेनमा देखिन्छ र बिस्तारै त्यो सबै दिमागलाई नाश गर्दै जान्छ र तलको चित्रमा देखिए जस्तो स्थितिमा दिमागमा रहेका हरेक ब्रैन सेलहरु बिस्तारै मर्दै जान्छन र अन्तमा ब्रेनको सबै भाग टुक्रिन्छ र दिमागले कुनै पनि काम गर्न सक्दैन र अन्त्यमा बिरामीको मृत्यु हुन जान्छ । तलको चित्रमामा देमेन्सिआ नलागेको र नलागेको मस्तिष्कको भाग देखाएको छ ।

Common Misconceptions about Dementia

देमेन्सिआको निदान मापदण्ड
यसको हालसम्म निदानको कुनै एउटै तररका छैन् । नत कुनै १०० प्रतिशत नै औषधि छ कि यो नै औषधीले देमेन्सिआ रोग निको पार्छ भनेर । हालसम्म प्रयोगमा आएका केही निदान मापदण्ड र औषधीलाई तल दिएको छ । 1. Abbreviated Mental Test Score (AMTS) (संक्षिप्त मानसिक जाँच स्कोर) 2. Six Item Cognitive Impairment Test (सिक्स आइटम संज्ञानात्मक हानि टेस्ट) 3. Clock drawing (घडी चित्र) Mini-Mental State Examination (MMSE (मिनी–मानसिक परीक्षा) 5. Neuropsychological Test Batteries 6. The General Practitioner Assessment of Cognition (GPCOG):7. Memory Impairment Screen (MIS) (स्मृति हानि परिक्षा) 8. DSM -IV Test बिरामीको अवस्था र देमेन्सिआको प्रकार हेरेर केही तल लेखिएका औषधीहरुलाई निदनको लागि दिने गरिन्छ जुन निम्न छन् । Donepezil, Rivastigmine (Exelon), Galantamine (Razadyne), Memantamine, vitamin E, vitamin B 12, Zanipram, Ginkgo Biloba, Etc. तर यि नै १०० प्रतिशन भने होइनन जुन अनुसन्धान कै अवस्थामा छन् ।

Why Misdiagnose And Mismanagement?

अन्तिममा, यो रोगलाई बुढाबुढीलाई लाग्ने रोगको रुपमा मात्र नहेरिकन यसलाई सम्बन्धित निकायबाट नै बिशेष सुबिधाको व्यवस्था बनाउनु पर्छ । नत्र यो समस्या दिन दिनगुना, रात चौगुना बनेर जाने कुरा निश्चित छ । यसको लागि पहिले जनचेतना मार्फत दिमागलाई बिग्रनबाट मात्रै जोगाउन सकियो भने पनि यस्तो भयावह रोगबाट केही हदसम्म भए पनि जोगिन सकिन्छ । दैनिक जीवनलाई अली सहज बनाउने, तनाबबाट मुक्त हुने उपायहरु अपनाउने, नियमित मानसिक जाँच गरी राख्ने, सन्तुलित खानाको लागि सचेत बन्ने, मोटोपनलाई बढी हुन नदिने, नियमित शारीरिक व्यायाम गरी राख्ने, स्ट्रोक र हृदयघात रोग, रोगथाम, धेरै रक्सी नपिउने गरेमा उक्त समस्याबाट जोगिन सकिन्छ । नेपालमा तत्काल मानै यसलाई राष्ट्रिय समस्याको पहिचान गरी देमेन्सिआ राष्ट्रिय योजनाको नीति बनाएर यसमा अध्ययन अनुसन्धानको ढोका खोली हाल्नु जरुरी छ । डिमेन्सिया रोग बुझ्न मद्दत गर्ने यस्ता अध्ययनहरु अझ वृहत हुन बाँकी छ । यो लेखक पनि यसै रोगसँग बिगत बर्षबाट अनुसन्धानमा लागि परेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  २ : ४६ बजे