२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चन्द्रौटा बजारमा वृद्धभत्ताको रकम चोर्ने पक्राउ



कपिलवस्तु ।
शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षाबापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।
शिवराज ४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षाबापतको १२ हजार रुपैयाँ चोरी गरी फरार थिए ।
मियाँले पैसा चोरेको चन्द्रौटाको गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।
मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ । (रासस)

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ५ : ०८ बजे