रेडियो   टिभी

दुई हप्तामै कपिलवस्तुका दशै स्थानीय तहमा देखियो कोरोना संक्रमण


मायादेवी अनलाइन, चारनम्बर ।
गत बैशाख २७ गते मायादेवी गाउँपालिकाबाट देखिन थालेको कोरोना दुई हप्ता पुग्नै लाग्दा सबै स्थानीय तहसम्म फैलिएको छ । आजसम्म सुरक्षित रहदै आएको जिल्लाको सिमावर्ती महाराजगञ्जमा आजै ९ जनामा एकै पटक कोरोना संक्रमण देखिएपछि सबै पालिकामा कोरोना पुगेको हो । हालै भारतबाट आएकाहरुको पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
दुई हप्तामा कोरोना संक्रमित मात्र जिल्लामा बढेका छैनन्, हजारौंको संख्यामा क्वारेनटाइनमा बस्नेहरु छन् । झण्डै आठ हजारको हारहारीमा क्वारेनटाइनमा बस्ने सर्वसाधारणहरु छन् । प्रयाप्त किट अभाव हुँदा कोरोना परिक्षण हुन नपाएको अवस्थामा अहिलेसम्म १३ सय जनाको मात्र परिक्षण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाका ६ नगरपालिकामा मध्ये सबैभन्दा कम वाणगंगा नगरपालिकामा कोरोना देखिएका छन् । वाणगंगामा एक ६ बर्षीया बालिकामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा उपचारको क्रममा उनमा कोरोना देखिएको थियो ।

यता नगरपालिका तर्फ सबैभन्दा बढी महराजगञ्जमा ९ जना संक्रमित रहेका छन । कपिलवस्तु नगरपालिकामा ९ जना, शिवराज नगरपालिकामा ३ जना, बुद्धभूमि नगरपालिकामा ४ जना संक्रमित भेटिएका छन् ।

गाउँपालिका तर्फ सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १२ जना, मायादेवी गाउँपालिकामा ८ जना, विजयनगर गाउँपालिकामा ४ र शुधोधन गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् । कोरोनाको जोखिम सबैभन्दा बढी भारतीय सिमा क्षेत्रका स्थानीय तहमा परेको छ । भारतबाट लुकीछीपि आउनेहरु बढेपछि जोखिम बढेको हो ।

कोरोनाको जोखिम नियन्त्रणका लागि प्रशासनले २० गतेसम्म सिल गरेको छ भने भारतीय सिमा नाकामा सुरक्षाकर्मीको संख्या बढाएको छ ।

प्रतिक्रिया दिनुहोस