६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु



बस्टन ।
कोभिड १९ बाट अमेरिकाको कनेटिकटमा बुधबार एक नेपालीको निधन भएको छ। उनी ५६ वर्षीय राजसेन ठकुरी हुन्। यसअघि कनेटिकटबाट कोभिड–१९ बाट नेपाली मूलका कसैको निधन भएको थिएन।

उनी कोरोनाभाइरसका कारण २२ दिनदेखि येल अस्पताल, न्यू हेभन, कनेटिकटमा थिए। कनेटिकट, न्युयोर्कसँग सीमा जोडिएको राज्य हो। ठकुरी स्थानीय शहर ब्रान्डफोर्डमा बस्थे। पोखराका ठकुरी डेढ दशकअघि अमेरिका आएका हुन्। उनको परिवार नेपालमै छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ४५ बजे