९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कोरोनाको कारण ३ लाख ३० हजारले ज्यान गुमाए, संक्रमित ५१ लाख नजिक



काठमाडौं ।
विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नजिक पुगेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ९६० जनाको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९९ हजार ३ सय ७ संक्रमित पुष्टि भएको छ। पछिल्लो अपडेट अनुसार संसारभर ५० लाख ८२ हजार २४४ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ। यो झण्डै ११ लाख हो ।

त्यस्तै अहिलेसम्म विश्वभर २० लाख २० हजार १५१ जना ठिक भएका छन्। अमेरिकामा १५ लाख ९१ हजार ५७५ कुल संक्रमित भएका छन् भने ९४ हजार ९६० जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ७० हजार ७६ जना निको भएर फर्किएका छन्।

बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार २९३ कुल संक्रमित भएका छन् भने ३५ हजार ७०४ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २७ हजार ३६४ कुल संक्रमित भएका छन् भने ३२ हजार ३३० जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ३२ हजार ३३० जना निको भएर फर्किएका छन्।

फ्रान्समा एक लाख ८१ हजार ५७५ कुल संक्रमित भएका छन् भने २८ हजार १३२ जनाको मृत्यु भएको छ। यसैबीच ६३ हजार ३५४ जना निको भएर फर्किएका छन्। स्पेनमा २ लाख ७९ हजार ५२४ कुल संक्रमित भएका छन् भने २७ हजार ८८८ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन्।

ब्राजिलमा २ लाख ९३ हजार ३५७ जना संक्रमित भएका छन् भने १८ हजार ८९४ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख १६ हजार ६८३ जना ठिक भएका छन्। रुसमा संक्रमित ३ लाख नाघेका छन्। त्यहाँ ३ लाख ८ हजार ७ सय ५ जनामा संक्रमण भेटिएको छ।

रुसमा हालसम्म २ हजार ९ सय ७२ ठिक भएका छन्। भारतमा एक लाख १२ हजार २८ जनामा संक्रमण भेटिएको छ भने त्यहाँ ३ हजार ४ सय ३४ को ज्यान गएको छ। पाकिस्तानमा ४५ हजार ८ सय ९८ जनामा संक्रमण देखिएको छ भने त्यहाँ १ हजार ९ सय ३२ को मृत्यु भएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ५१ बजे