५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ सय नजिक



काठमाडौं ।
भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ३५ सय नजिक रहेको छ । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार २९७ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३९० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै, तमिलनाडुमा अहिलेसम्म १३ हजार १९१ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८७ जनाको मृत्यु भएको छ ।

गुजरातमा अहिलेसम्म १२ हजार ५३७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७४९ पुगेको छ ।

मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ७३५ संक्रमित फेला परेका छन् । यो राज्यमा २६७ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार १०३ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५३ पुगेको छ ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार १७५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२७ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ६७४ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ११ : ५४ बजे