रेडियो   टिभी

भारतमा अलपत्र ४३ नागरिकको अध्यक्ष थापाद्धारा उद्धार


मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गर्नु भएको छ । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई बिहिवार उहाँले उद्धार गर्नुभएको हो । उनीहरु कामको सिलसिलामा भारत गएका थिए ।

लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । कपिलवस्तुको कृष्णनगर नाकाबाट कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका अलपत्र २१ गरी ४३ जना नागरिकलाई नेपाल प्रबेश गराउनुभएको हो ।

बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा नेपाल भित्रियाइएको हो ।

यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो ।

नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस