८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार बढी



काठमाडौं ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड-१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ३८ बजे