रेडियो   टिभी

लक्ष्मण पन्थी भए रोट्रयाक्ट बुटवल डाउनटाउनको अध्यक्ष


रुपन्देही ।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको बर्ष २०२०÷२१ को अध्यक्षमा लक्ष्मण पन्थी चयन भएका छन् । क्लबको साधारण सभाले पन्थीलाई आगामी बर्षका लागि अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा मधु भट्टराई, इलेक्ट अध्यक्षमा डिल्लीराज ढकाल, नोमिनी अध्यक्षमा राम प्रसाद बेल्बासे, प्रथम उपाध्यक्षमा सौरभ भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे र तृतीय उपाध्यक्षमा आविश्कार खनाललाई चयन गरेको छ ।

क्लबले सचिवमा महेश खनाल र कोषाध्यक्षमा माधव अर्याललाई चयन गरेको र डाइरेक्टर लगायत अन्यपदहरु क्लबको पदस्थापन कार्यक्रममा नियुक्त गरिने नवनिर्वाचित अध्यक्ष पन्थीले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष पन्थी कपिलवस्तुका स्थायीबासी समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस