८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

वाणगंगाका तीन जना कोरोना संक्रमितलाई पटना लगिने, बालिकाको बारेमा अन्यौल



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगाका तीन जना कोरोना संक्रमितलाई पटना स्वास्थ्य चौकी लगिने भएको छ । दिनभर संक्रमित राख्ने स्थान खोज्नमा व्यस्त रहेको वाणगंगाले अन्तः पटना लैजान लागेको हो ।
यसभन्दा अगाडी जनता मावि पिपरा, सिद्धार्थ क्याम्पस लगायतको स्थानमा राख्ने छलफल भएको थियो ।

कोरोना संक्रमित मध्ये तीन जनालाई पटना स्वास्थ्य चौकी लैजान थालिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । सिद्धार्थ क्याम्पसको क्वारेनटाइनमा रहेका तीन जनालाई त्यहाँ लगिने पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।

यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पटना स्वास्थ्य चौकीमा आइसोलेशन तयारी पारिएको बताउनुभयो । दिनभर लगाएर कोरोना संक्रमितलाई राख्ने आइसोलेशन तयार पारिएको उहाँले मायादेवीलाई बताउनुभयो ।

‘राति १० बजेसम्म यहाँ ल्याउने गरी तयार गरिएको छ पौडेलले भन्नुभयो ।’

ठाकुरापुरकी ८ बर्षीया बालिकालाई भने बुटवल लैजाने तयारी भैरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : १८ बजे