६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

भारतमा एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण



काठमाडौं ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म र्पुयाइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ८ : १२ बजे