७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराज नगरपालिकामा थप तीन जनामा कोरोना पुष्टि, देशभर ७२ थपिए



मायादेवी अनलाइन, चारनम्बर ।
देशभरमा कोरोनाका ७२ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी ७२ संक्रमित थपिएका हुन् ।

जसमध्ये कपिलवस्तुमा सोमबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा ३ जनाको कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरु वडा नं. ४, ५ र ६ का सबै पुरुष हुन् ।

सोमबार ३ जना संक्रमित थपिएसंगै जिल्लामा ८३ जनामा संक्रमण देखिएको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् । यता देशभर संक्रमितको संख्या ६७५ पुगेको छ ।

No photo description available.

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ०४ बजे