७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थप ६ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ८१ पुग्यो



काठमाण्डौँ ।
संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया १० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका ४ का १८ वर्षीय पुरूष, काठमाडौं-१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ।

यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ४५ बजे