१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अछाममा पनि कोरोना भेटियो, ३२ वर्षका पुरुष संक्रमित



काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।

त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै चितवनको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ४९ बजे