२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

स्याङ्जामा पहिलोपटक कोरोना देखियो, देशभर संक्रमितको संख्या ७ सय ३० पुग्यो



काठमाडौं ।
भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ । स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन । संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ । आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  २ : ३० बजे