१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गाउँपालिका अध्यक्ष भन्छनः मेरो स्वास्थ्य अवस्था सामान्य छ



गुल्मी ।
कोरोना संक्रमण पुष्टि भएपछि मिडियामा आएका गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रेस विज्ञप्ति नै जारी गर्दै उनले रोगको पहिचान समयमै भएकाले आफू क्वारेन्टाइनमा बस्ने र उक्त समयमा गाउँपालिकाका आगामी योजना बनाउने अवसरका रूपमा लिने बताए । उनले आफूसँग सम्पर्कमा रहेकाहरूलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन आग्रह पनि गरेका छन् ।

४ दिनअघि स्वाब संकलन गरी पठाएकामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फी चासो बढेपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएका हुन् । 

उनले आफू गाउँपालिकामा निर्मित क्वारेन्टाइन कक्षको अनुगमन तथा विभिन्न कार्यक्रममा तम्घाससम्म पुगेको र अन्य ठाउँमा नगएको  जानकारी दिएका छन् । 

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  १० : ३१ बजे