१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोना भाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख बढी, भारतमा डेढलाख संक्रमित



एजेन्सी ।
अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अमेरिकामा हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएको छ । वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ । त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन् । रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको द्ध त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ । बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ ।

भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ । संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन् । हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ६ : १० बजे