१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाग्लुङका ६ जनामा देखियो कोरोना, सबै भारतबाट आएका



काठमाडौं ।
मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए ।

अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ । सबै संक्रमित भारतबाट आएको खुलेको छ ।

सैंजूले उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए । योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ ।

बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो। उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्। अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ। मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ११ : ३८ बजे