२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पुर्खे बा को तीज गीत ‘श्रीमान श्रीमती काण्ड’ बजारमा



विमल गैरे, चार नम्बर
हिन्दु नारीहरुको पर्व तीज आउन झण्डै दुई महिना बाँकी छ । बजारमा तीजका गीत आउने क्रम बढ्दै छ । यतिवेला विश्व महामरीको रुपमा कोरोना भाइरस (कोभिड–१९ ) फैलिरहेको छ । कतिपय कलाकारहरु यहि महामारीका कारण गाउँमा छन् भने राजधानीमा रहेका कलाकारहरुलाई तीज गीत निकाल्ने र बजारमा पठाउने चटारो छ ।


बहुप्रतिभाशालि चर्चित गायक तथा हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीज गीत ‘कोरोना श्रीमान श्रीमती काण्ड’ बजारमा ल्याएका छन् । ‘पुर्खे बा’का गीतका मौलिकता त भेटिन्छनै व्याङ्ग्यात्मक शैलिमा चोटिलो प्रहार समेत गरेको हुन्छ ।

तीज नारीको पर्व हो र तीजमा नयाँ सारी, नया गहना चाहिन्छ भन्ने परम्पार पनि रहेको छ । तीनै मौलीक शव्दहरुलाई समेट्दै हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) र नारायण केशीको संयुक्त तिज गित ‘श्रीमान श्रीमती काण्ड’ बजारमा आएको हो ।


पुरुषोत्तम भण्डारी पुर्खेबाको लय, शब्द र निर्देशनमा तयार भएको यस गीतमा सुकदेव अधिकारी, प्रतिमा अर्याल र मिलन भुसालले आवाज दिएका छन । ‘पुर्खे बा’ को आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको तिज गीतमा पुरुषोत्तम भण्डारी (पुर्खे बा), आयुषा कुँवर क्षेत्री र यमलाल पाण्डेको अभिनय रहेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ७ : ४७ बजे