५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुका लक्ष्मण अधिकारी रोटरी इन्टरनेश्नल बर्ष २०२०-२१ को लागि महत्वपूर्ण पदमा नियुक्त



मायादेवी अनलाइन, चार नम्बर ।
रोटरी क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष (चार्टर्ड प्रसिडेन्ट) रोटरीयन लक्ष्मण अधिकारी रोटरी नेपालको महत्वपूर्ण पदमा नियुक्त हुनु भएको छ । क्लवको भर्खरै सम्पन्न बोर्ड बैठकबाट अधिकारी रोटरी बर्ष २०२० २१ को लागि रोटरी इन्टरनेश्नल डिस्ट्रिक ३२९२ अन्तरगत फ्रेण्डसिप एक्सचेञ्ज कमिटि सदस्यमा नियुक्त हुनुभएको हो । कपिलवस्तुको लागि अधिकारीको यो फड्को निकै महत्वपूर्ण रहेको छ ।

उहाँले अब विदेशबाट आउने विदेशी रोटरियन पाहुनाको स्वागत सत्कार र भ्रमणमा महत्वूर्ण भूमिका खेल्नु हुने छ भने उहाँ विदेश जाँदा पनि सोही अनुसारको सम्मान पाउनु हुने छ । अधिकारीको यो सफलतामा रोटरी र रोटर्याक्ट कपिलवस्तु आफ मिड टाउनले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

अधिकारीले अब राम्रो भूमिका निर्वाहा गरेर जिल्लाको नामलाई उँचो बनाउने गरी काम गर्नेमा दुवै क्लवको विश्वास छ । बर्ष २०२० २१ नव निर्वाचित अध्यक्ष रोटरियन नरेश पौडेल र रोटर्याक्टका अध्यक्ष बेदु पौडेलले उहाँहरुलई बधाई दिनुभएको छ ।

अधिकारीले पनि मायादेवी अनलाइनसंग कुरा गर्दै आफूलाई त्यहाँसम्म पुर्याउन जिल्ला भित्र तथा बाहिरका सबै साथीहरुको महत्वपूर्ण भूमिका रहेको हुँदा जिल्लाको नाम उँचो हुने गरी काम गर्ने बताउनु भएको छ ।

अधिकारी हाल उद्योग वाणिज्य संघ कपिलवस्तुको महासचिव, होराइजन माविका उपाध्यक्षका साथै कपिलवस्तु र रुपन्देहीका थुप्रै समाजिक संघसंस्था मा अग्रणी भूमिकामा रहनु भएको छ ।

साथै रोटरी र रोट्र्याकटका पूर्वअध्यक्षहरु वीरेन्द्र खाँण, बासुदेव घिमिरे, माधव पौडेल, गणेश कार्कीले पनि उहाँहरुलाई बधाइ दिँदै सफल कार्यकालको कामना गर्नुभएको छ ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  १ : ४९ बजे