मायादेवी अनलाइन, तौलिहवा ।
तौलिहवा–मर्यादपुर सडक खण्डलाई स्वच्छ र हराभरा बनाउन सडको दाँयाबाँया बृक्षारोपण गरिएको छ । प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको सहयोगमा डिभिजन वन कार्यालय कपिलवस्तुको अगुवाईमा सडक सौन्दर्य कार्यक्रम अन्तर्गत सो बृक्षारोपण गरिएको हो ।
नयाँ टोलको बसपार्कको छेउ देखि उत्तर तर्फ पर्ने ३ सय मिटर सडक दाँयाबाँया बृक्षारोपण कार्य अघि बढाईएको हो ।
बिरुवाको संरक्षणका लागि ट्रि गार्ड समेत लगाईएको छ । कपुर, राजबृक्ष, बिरेन्द्र फूल लगाईएको छ । बृक्षारोपणको शुभारम्भ गर्दै प्रदेश सदस्य धरमबहादुरलाल श्रीवास्तवले बृक्षारोपणले पुरानो सकडका रुपमा रहेको तौलिहवा– मर्यादपुर सडक खण्डको केही भाग भए पनि सुन्दर स्वच्छ र हराभार हुने बताए ।
‘सडकको दाँयाबाँया गरिएको बृक्षारोपणले सडक सुन्दर देखिनुका साथै वातावरण समेत मनोरम हुने उनले बताए । सो बृक्षाको सबैले सरक्षण गर्नु पर्नेमा उनले जाड दिए ।
सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले प्रदेश सरकारको सहयोगमा पुरानो सडकको केही भागलाई बृक्षारोपणका माध्यमबाट सुन्दरीकरण गर्ने प्रयास गरिएको बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले सडकको दाँयाबाँया गरिएको बृक्षारोपणले सडकको मुहार फेरिने बताए ।
बृक्षहरुको संरक्षणमा नगरपालिकाको समेत ध्यान रहने बताए । सडकको दाँयाबाँया ३ सय मिटरको दुरीमा बीस–बीस मिटरको फरकमा बिरुवा रोपिने सहायक वन अधिकृत मदन मोहन स्यान्डीलले बताए ।







प्रतिक्रिया