१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दिपु मगरले ल्याए ‘रोगी दिदि’ बजारमा



मायादेवी अनलाइन, जितपुर ।
लोक गायक तथा संचारकर्मी दिपु मगरले मौलिक तीज गीत “रोगी दिदी” बजारमा ल्याएका छन् । दिपु मगरको शब्द संगीत रहेको उक्त गीतमा गायिका रेनु राना मगर र स्वयम मगरकै स्वर रहेको छ । उक्त गीतमा विहानी, नोहित प्रेम, कल्पना र गायक दिपुको अभिनय रहेको छ भने गीतको निर्देशन पनि मगरले गरेका छन् । तीज गीतमा मौलिकता र बास्तविकता झल्किएको पाइन्छ ।


गायक मगरले बालापनको सम्झना गर्दै आफनी दिदिसंग खेलेका अनि हुर्केका बालापनका तितामिठा कुराहरुलाई गीतमा उतारेका छन् । अनेकन दुख कष्ट सहेर आफु थोरै खुसीमा पनि रमाउने अनि उकाली र ओराली भीरपाखामा काम गर्ने दिदिलाई सम्झेका छन् ।
गीतमा पढने इच्छा हुदाहुदै पनि स्कुल जान नपाएकोे दिदिको गुनासो छ । दाजु भाइको खुसीको लागि आफु नखाई नखाई स्कुल पठाएको गायकले स्मरण गरेका छन् । रोगी दिदिको चिन्ता गर्दे गायक मगरले ज्यान फालेर काम नगर्न पनि दिदिलाई आग्रह गरेका छन् । गीतमा दिदि भाइको पिर भोगाइलाई यर्थाथ चित्रण गरिएको छ ।

भिडियो हेनुहोला ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ४ : १४ बजे