२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

समुदायस्तरमै कोरोना फैलिएपछि शिवराजमा उच्च सतर्कता, वडा कार्यालयको कामकाज बन्द



मायादेवी अनलाइन, चन्द्रौटा ।
समुदाय स्तरमा कोरोना फैलिएपछि कपिलवस्तुको शिवराज नगरपालिकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मंगलबार समुदाय स्तरमा १३ जनामा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस् शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे !

कोरोना पोजेटिभ भएको पुष्टि भएपछि तिनीहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम थालिएको छ । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको र कोरोना देखिएका क्षेत्रमा विशेष सतर्कता अपनाइएको मेयर नेत्रराज अधिकारीले बताउनु भयो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संबादसंग बुधबार विहान कुरा गर्दै मेयर अधिकारीले खोलिएका विद्यालयल र सिकाई केन्द्र पनि बन्द गरिएको बताउनुभयो । यस्तै वडा नं १ का सबै काम बन्द गरिएको छ ।

यस्तै वडा नं. ५ चन्द्रौटा बजार, वडा नं ११ लालपुर र वडा नं ३ खरेन्द्रपुरमा पनि सावधानी अपनाइएको बताउनु भयो । भारत या तेश्रो देशबाट आएर मलाई कै हुँदैन भनेर बजार बजार चहार्नेहरुलाई कारबाही गर्ने पनि अधिकारीले चेतावनी दिनु भएको छ ।

त्यस्ता ब्यक्तिलाई तुरुन्त क्वारेनटाइन जान उहाँले निर्देशन दिँदै सबैलाई मास्क प्रयोग गर्न पनि भन्नु भएको छ । यस्तै लापरबाही गरेर नहिँड्न पनि उहाँको अनुरोध छ ।

मङ्गलबार हिजो त्यहाँ ३४ जनामा कोरोना पुष्टि भएको थियो । यो थप भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९६ पुगेको छ ।

र, यो पनि…कपिलवस्तुमा १ महिनापछि ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संख्या ८ सय नजिक

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ८ : २२ बजे