१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सर्मिला गुरुङ्ग र हेमराज नेपालीको तीज गीत ‘दमीनी’ सार्वजनिक



मायादेवी अनलाइन,जितपुर ।

संगीत क्षेत्रमा बिगत दुई वर्ष यता निरन्तर लागेका नव गायक हेमराज तीजको अवसरमा आफ्नै लय, शब्द, स्वरमा छुवाछुत विरुद्धको तीज गीत ‘दमिनी’ सार्वजनिक गरेका छन् । उक्त गीतमा चर्चित गायिका सर्मिला गुरुङले नेपालीलाई स्वरमा साथ दिनुभएको छ । असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पबित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्राई र अजय पाण्डेको अभिनय रहेको गीतको निर्देशन विष्णु भट्टराईले गर्नुभएको हो ।

गीतमा समाजमा हुने गरेको जातिय विभेदलाई उतारिएको छ । तल्लो जातको केटि विहे गर्दा गाँउ, घर, समाजनै छोडेर हिड्नु परेको बाध्यता भाईले दिदी सामु प्रस्तुत गरेका छन् । नेपाली समाजमा अझै पनि यस्ता जातिय विभेदका कारण कति घरवार विहिन हुनु परेको छ । अव समाजमा कुनै पनि जातका कारण कोहि कसैलाई गाँउ निकाला गर्न पाईदैन् ।

एकले अर्कालाई गर्ने भेदभाव जहिले सम्म समान हुदैन, हामी नेपाली एक हौ भन्ने भावना आउदैन तवसम्म सुन्दर समाजको निर्माणहुन् सक्दैन । भेदभाव रहित समाजमा जिउन सकिदैन् भन्ने सन्देश गीतले दिइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ५ : ३८ बजे