रेडियो   टिभी

स्थानीय तहमा हुने भ्रष्ट्रचार विरुद्ध कपिलवस्तुमा बसियो अनसन


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा भ्रष्टाचार बिरुद्ध रिले अनसन शुरु गरिएको छ । गाउँपालिकाको वडा नं. ७ मर्यादपुरका सर्वसाधारण तथा समाजसेवीहरु मिलेर पालिकामा भएको भ्रष्टाचार बिरुद्ध रिले अनसन तथा जागरण कार्यक्रम शुरु गरिएको हो ।

साउन १३ गते देखि शुरु भएको रिले अनसन साउन १६ गतेसम्म गरिने अनसनकारीहरुले बताएका छन् ।

स्थानीय सरकार जवाफदेही र पारदर्शी नभएको पालिकाबासिहरुको गुनासो रहेको छ । पालिकाको सरकारी गाडी र सवारी साधनको दुरुपयोग भएको हरेक योजना तथा कार्यक्रममा कमिसनको चलखेल रहेको र कर्मचारी भर्ना प्रक्रिया समेत नमिलेको अनसनकारीहरुले बताएका छन् ।

साथै कोरोनामा लागत बजेट सर्बजनिक नगरेको र सूचना माग्दा नपाएको पनि उनीहरुको आरोप छ । सूचना हक सम्बन्धी ऐन २०६४ दफा ३ बमोजिम कुनै पनि नेपाली नागरिकलाई सूचना पाउने अधिकार भए पनि यशोधरा गाउँपालिकाले सूचना नदिएको मनिष देव मिश्रले बताउनुभयो ।

स्थानीय सरकारको जवाफदेहिता तथा अपारदर्शीता प्रति खबरदारी गर्न भन्दै अनसन बसेपछि सर्वत्र चर्चा भएको छ ।

प्रतिक्रिया दिनुहोस