४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा कपिलवस्तुका यी नेता मनोनयन भए



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली कांग्रेसले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिएको छ । देशभरका गरी ४ सय ७९ जना सदस्य रहेको ज्येष्ठ राजनीतिज्ञ सभामा कपिलवस्तुका पुराना पाका ५ नेताले स्थान पाउनुभएको छ ।

पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम मनोनयन गरिएको सभामा कृष्णनगरका पाका राजनीतिज्ञ डा. रुद्रप्रताप शाहदेखि ऋषिराज थारुसम्म मनोनयन हुनुभएको छ ।

यस्तै सभामा जिल्लाका राजेन्द्रसिंह क्षेत्री, हरिप्रसाद गौतम, परमात्माप्रसाद पाठक मनोनयमा पर्नुभएको छ ।

उहाँहरु जिल्लाका पुराना कांग्रेस नेताहरु हुनुहुन्छ । पार्टी केन्द्रिय कार्यालयले यी नेताहरुको नाम सार्वजनिक गरेपनि जिल्ला पार्टीले विस्तृत विवरणसहित अझै सार्वजनिक गर्न सकेको छैन् । ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयनमा परेका नेताहरु कुन कुन ठाउँका हुन् अझै स्पष्ट छैन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ३ : ४६ बजे