१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

प्रकाश सपुतको गीत ‘बदला बरिलै…’ सार्वजनिक (भिडियो)



काठमाडौं ।
गायक प्रकाश सपुत नयाँ गीत लिएर आएका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

‘बदला बरिलै…’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  २ : ५४ बजे