रेडियो   टिभी

मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले पायो पूर्णता


मायादेवी अनलाइन, जितपुर ।

मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले पूर्णता पाएको छ । नेतृ चन्दा अर्यालको संयोजकत्वमा जिल्लामा केही समयअघि गठन भएको बुहारी संगठनमा अध्यक्ष लगायतको ३ पदको टुङगो लगाएको भए पनि ११ सदस्यीय समितिले पूर्णता पाएको थिएन । शनिबार बाणगंगा ८ लौगाइमा एक कार्यक्रम गरी समितिलाई पूर्णता दिएकोबारे जानकारी दिइएको छ ।

आवाजको उपाध्यक्षमा सुस्मा खाणँ, सचिवमा अञ्जु बन्जाडे, सह-सचिवमा अन्जु अधिकारी कोषाध्यक्षमा निर्मला भुसाल रहनु भएको छ भने सदस्यहरुमा सिमा भण्डारी, पार्वती पाण्डे अर्याल, भुमा घिमिरे, कमला सापकोटा, सिवाली थारु रहनुभएको छ । त्यस्तै आवाजको प्रेस सल्लाहकारमा भगवती न्यौपाने रहनु भएको छ ।

समितिमा आवद्ध सबैलाई आज टिका र खादाले सम्मान गरिएको छ । यसैबीच हेटौँडामा विभत्स हत्या भएकी स्वर्गिय सुस्मिता थापाकी आमा गंगा केसीलाई केन्द्रिय कमिटिले मेची महाकाली संयुक्त आवाजको सल्लाहाकारमा चयन गरिएको छ ।

बुहारी संयुक्त आवाजले मुलुकमा रहेका बालबालिका तथा महिलामाथि हुने हिंसा, अन्याय, अत्याचारविरुद्ध लड्ने र समाजा यस्ता घटना हुन नदिने गरी कम गर्ने सल्लाहाकार केसीले बताउनु भयो ।

आजको कार्यक्रममा प्रमुख अतिथिमा रहनु भएकी सुस्मिताकी आमा केसीले बलात्कारी र हत्याराहरुहरुलाई फाँसीको सजाय माग गर्नु भएको छ । मुलुकमा बलात्कारपछि हत्या, एसिड आक्रमण लगायतका हिँसा हुने गरेले यस्ता घटनाबाट समाजलाई जोगाउन फाँसीको सजाय हुनुपर्ने बताउनु भएको हो ।

आफ्नै श्रीमतीका हत्यारा पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय पुरा नहुँदै माफी दिइनुले सम्पूर्ण नारीमाथि अन्या भएको बताउनु भयो । मुलुकमा फासीको सजाय हुँदो हो त उसलाई देख्न पर्दैनथ्यो । त्यो नभएर त्यस अपराधीलाई आज माफी दिइयो उहाँले भन्नुभयो ।

आवाजकी रुपन्देही अध्यक्ष लता खड्काले पनि यो आवाज बुहारीको मात्र नभएर सिंगो महिला र बालबालिकाको आवाज बन्नु पर्ने बताउनु भयो । कार्यक्रम कपिलवस्तु संयोजक चन्दा अर्यालको अध्यक्षता र सचिव अज्जु अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

सोही कार्यक्रममै प्रदेश सल्लाहाकारमा चुनिनु भएकी गंगा केसीलाई खादा र अविरले सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस