मायादेवी अनलाइन, चन्द्रौटा ।
नगरको वस्तु स्थितिः
शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो । समुन्द्र सतहको ७०० फिट देखी १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल २८४.०८ वर्ग कि.मी.छ । पूर्वमा बुद्धभूमि नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ल्ला र दक्षिणमा कृष्णनगर र महाराजगंज नगरपालिकाको सिमाना भित्र रहेको यो नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ६६७८१ छ । जस मध्ये ३७०२३ मतदाता रहेका छन् ।
भिडिओमा हेर्नुहास एक बृत्तचित्र







प्रतिक्रिया