१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वडाध्यक्षको निधनले हामी मर्माहत छौंः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले वडाध्यक्षको निधनले सिंगो नगरपालिका मर्माहत भएको बताउनुभएको छ ।

आइतबार उपचारको क्रममा मृत्यु हुनुभएका वडाध्यक्ष राजेश्वर सिंह प्रति गहिरो दुःख व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले शोक सन्तब्ध परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्मप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

वडा नं. ७ का वडाध्यक्ष सिंह नगरका पाका र अनुभवि जनप्रतिनिधि रहेको स्मरण गर्दै उहाँको निधनले सिंगो नगरपालिका स्तब्ध भएको श्रेष्ठद्धारा जारी शोक बक्तव्यमा उल्लेख छ ।

वडाध्यक्ष विकास प्रेमी, जनताको सुखदुखमा रमाउने सक्ने सामाथ्र्य भएको उहाँले स्मरण गर्नुभएको छ । नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उहाँका सल्लाह र मार्गदर्शनलाई अवलम्वन गर्ने बताउनुभएको छ ।

वडा मात्र नभइ नगरको विकासमा सिंहले पुर्याएको योगदानको नगरपालिकाले कदर गर्दै उहाँको वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पार्ने समेत नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको छ ।

वडाध्यक्ष सिंहको आइतवार बुटवलमा उपचारको क्रममा निधन भएको हो । ७१ बर्षीय सिंहको पछिल्लो समयमा विभिन्न दीर्घ रोगको कारण समस्या रहेको र उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।

सिंह लामो समय देखि नेपाली कांग्रेसको राजनितिमा पनि क्रियाशिल रहदै आउनुभएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ६ : ५४ बजे