३ दिन पछि कृष्ण पौडेलको शव भेटियो


मायादेवी अनलाइन, जितपुर ।

बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शब फेला परेको छ । पौडेलको ३ दिनपछि आज शब फेला परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरी सहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो ।

पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको हो । ३ दिन देखी खोजीकार्य जारी राखेपनि नभेटिएपछि आज दुबै तर्फ बाट बोटिङ गरी खोजी गर्ने तयारी थियो । पौडेलको शब भेटिएपछि बोटिङ पनि स्थगित गरिएको छ ।

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीप सहित ६ जनालाई बगाएको थियो । जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । सोही दिन १ जनाको शब भेटिएपनि २ जना भने बेपत्ता थिए । बिहिबार थप एक जनाको शब भेटिएको थियो ।

यो पनि पढ्नुस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस