११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

बुधबार अहिलेसम्मकै धेरै ३ हजार ४३९ कोरोना संक्रमित थपिए



काठमाडौ ।

बुधबार थप ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।

यस अवधिमा कोरोनाबाट १ हजार १२६ निको भएका छन्। यीसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस दिन १४ हजार २०९ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  ४ : २९ बजे