६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

आउँदो बिहीबारदेखि दोस्रो चरणको लकडाउन गर्ने तयारीमा इङ्ग्ल्यान्ड



एजेन्सी ।
इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति-आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  ८ : ३२ बजे