सुन तोलामा सात सय रुपैयाँले घट्यो


काठमाण्डौ ।

आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस